Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

चाडपर्वको समयमा राजमार्गको यात्रालाई सहज, सुरक्षित बनाउने योजना


चाडपर्वको समयमा राजमार्गको यात्रालाई सहज, सुरक्षित बनाउने योजना

काठमाडौं, चाडपर्वको समयमा राजमार्गको यात्रालाई सहज, सुरक्षित र भरपर्दो बनाउन धादिङका जिम्मेवार निकायहरु एक भएर अघि भएका छन्।पृथ्वीराजमार्ग विस्तारको कार्य भइरहेका अवस्थामा सहज ढङ्गले दुईतर्फी रूपमा सवारी साधनको आवतजावतको सुनिश्चितता गर्न जिल्ला प्रशासन कार्यालय सहित तीन वटै सुरक्षा निकाय, यातायात व्यवसायी, सडक आयोजना कार्यालय लगायत निकायहरुले एक भएर अघि बढ्ने संयुक्त निर्णय गरेका हुन्।

राजमार्ग विस्तारका काम गर्ने सिलसिलामा सडक छेउकुनामा राखिएका निर्माण सामग्रीका कारण सवारी आवागमन अवरुद्ध हुन नदिन विभिन्न खण्डमा रहेको खाल्डाखुल्डी तत्काल पुरी सहज बनाउन र आवश्यक स्थानमा स्पीड लाइनसहित ट्राफिक सङ्केत, ऐना आदिको प्रबन्ध मिलाउन प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले सम्बन्धित सडक आयोजनाहरु तथा निर्माण व्यवसायीहरुलाई निर्देशन पनि दिएका छन्।

सडक आयोजना, निर्माण कम्पनी, यातायात व्यवसायी र सरोकारवाला निकायसँग मङ्गलबार संयुक्त बैठक राखेर प्रमुख जिल्ला अधिकारी गैह्रेले दसैँ, तिहार, छठ लगायतका चाडपर्व नजिकै आइसकेको र यो समयमा मानिसहरुको आवतजावत एवम् सवारी साधनको चाप वृद्धि हुने हुँदा सडक सुरक्षामा केन्द्रित रहन निर्देशन दिए। जिल्लाभित्रका अन्य सडकहरुमा समेत सहज ढङ्गले आवतजावतको व्यवस्था मिलाउन सडक मर्मत सम्भारको कार्यलाई तीव्रता दिई अवरुद्ध रहेका सडकहरुलाई तत्काल सुधार गराउन एवम् सञ्चालनमा रहेका सडकहरुको स्तरोन्नति गर्न सम्बन्धित सडक कार्यालय,आयोजनाहरु र निर्माण व्यवसायीहरुलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी गैह्रेले बताएका छन्।

राजमार्गको यात्रा सुरक्षित बनाउन र सड़क दुर्घटना न्यूनीकरण गर्न प्रहरीले विभिन्न कार्यक्रमहरु सहित नियमित चेकजाँचलाई तीव्र बनाइरहेको छ। चालक सहचालकहरुले माधक पदार्थ सेवन गरेर सवारी हाँकेको भेटिए अभद्र व्यवहारको मुद्दा चलाउने र बढी भाडा अशुलेको फेला परे ठगी गरेको कसुरमा मुद्दा चलाइने धादिङका प्रहरी उपरिक्षक गौतम मिश्रको भनाइ छ ।