Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको स्थिर


सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको स्थिर

काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु चार सयले घटेर प्रतितोला रु एक लाख २५ हजार चार सय कायम भएको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २५ हजार आठ सय थियो ।

त्यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला रु चार सयले घटेर प्रतितोला रु एक लाख २४ हजार आठ सय कायम भएको छ । बिहीबार तेजावी सुनको मूल्य प्रतितोला रु एक लाख २५ हजार दुई सय थियो । बिहीबारको तुलनामा आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदीको मूल्य प्रतितोला रु एक हजार पाँच सय १५ कायम भएको छ ।