Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

अनशनरत सहकारी पीडितको जीवन रक्षा गर्न आयोगको आग्रह


अनशनरत सहकारी पीडितको जीवन रक्षा गर्न आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले अनशनरत सहकारी पीडितको जीवन रक्षा गर्न आग्रह गरेको छ । प्रहरीको कुटपीटबाट घाइते भएका सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलव केसी १ चैतदेखि अनशनमा छन् ।

आयोगले अनशनरत केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको बताएको छ । केसीको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भइ वार्ताको माध्यमबाट पीडितको माग सम्बोधन गर्न आयोगले सरकारसँग आग्रह गरेको छ ।

सहकारी पीडित बचतकताहरूले १ चैतमा काठमाडौंमा गरेको प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीले बल प्रयोग गरी प्रदर्शनकारीलाई घाइते बनाएको भन्दै पीडितहरूले आयोगमा उजुरीसमेत दिएका छन् । आयोगले शान्तिपूर्ण प्रदर्शन तथा सभा सम्मेलन गर्न पाउने नागरिक अधिकारको रक्षा गर्न आग्रहसमेत गरेको छ ।