Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

लेबनानमा रहेका नेपालीहरुलाई अधिकतम सतर्कता अपनाउन अनुरोध


लेबनानमा रहेका नेपालीहरुलाई अधिकतम सतर्कता अपनाउन अनुरोध

काठमाडौैं । सरकारले लेबनानमा रहेका नेपालीहरुलाई अधिकतम सतर्कता अपनाउन अनुरोध गरेको छ । इजलायलसँगको युद्ध चर्किएपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै लेबनानमा अधिकतम सतर्कता र सचेतना अपनाउन नेपाली नागरिकहरुलाई अनुरोध गरेको हो । लेबनानमा हालसम्म सबै नेपाली सुरक्षित रहेको मन्त्रालयले जनाएको छ ।

‘‘लेबनानमा विकसित पछिल्ला घटनाक्रमबाट सन्दर्भमा त्यहाँ रहनुभएका सम्पूर्ण नेपाली नागरिहरुको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्णरुपमा सचेत रहेको छ । यसैगरी, मन्त्रालयले कुनै अप्ठ्यारो परेमा सम्पर्क गर्न भन्दै नेपाली राजदूतावास कायरो, अवैतनिक नेपाली वाणिज्य दूतावास बेरुत र परराष्ट्र मन्त्रालयका कर्मचारीहरुको नाम, सम्पर्क नम्बर र इमेल ठेगाना सार्वजनिक गरेको छ ।

कायरोमा दीपक घिमिरेलाई २०१०७७७२३४८ नम्बरमा ह्वाट्सएपमार्फत् सम्पर्क गर्न सकिने छ । यसैगरी, बेरुतमा मोहम्मद गोजायललाई ९६१३३०११८१, ९६१७१६८८८२१ र ९६१८१८८३७१३ नम्बरमा सम्पर्क गर्न सकिने छ । यसैगरी, काठमाडौँमा परराष्ट्र मन्त्रालयका शाखा अधिकृत श्रीकृष्ण सिलवाललाई ९८४९१७९५२० नम्बरमा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ ।