Sunday, November 09, 2025

२०८२ कार्तिक २४, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कर्णालीमा पाँच हजार आठ सय उद्योग तथा वाणिज्य फर्म दर्ता


कर्णालीमा पाँच हजार आठ सय उद्योग तथा वाणिज्य फर्म दर्ता

काठमाडौं । गत आर्थिक वर्ष २०७९-८० मा कर्णाली प्रदेशका १० वटै जिल्लामा गरी पाँच हजार आठ सय ५२ उद्योग तथा वाणिज्य फर्म दर्ता भएका छन् ।

तीन हजार आठ सय ४० उद्योग र दुई हजार १२ वाणिज्य फर्म दर्ता भएका थिए । गत आवमा पाँच सय ३८ वाणिज्य फर्म र दुई सय ४४ उद्योग फर्म खारेज भएका थिए ।

प्रदेश सरकारको तथ्याङ्कानुसार गत आवमा सुर्खेतमा सबैभन्दा बढी उद्योग तथा वाणिज्य फर्म दर्ता भएका छन् । सुर्खेतमा उद्योगतर्फ आठ सय ६१ तथा वाणिज्यतर्फ नौ सय १० फर्म दर्ता भएका उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका प्रशासकीय अधिकृत थिरबहादुर श्रेष्ठले जानकारी दिए।

यस्तै जुम्लामा पाँच सय ९३ उद्योग र एक सय ७१ वाणिज्य फर्म दर्ता भएका छन् । दैलेखमा पाँच सय ४१ उद्योग र एक सय ९४ वाणिज्य फर्म, हुम्लामा दुई सय ७६ उद्योग र ८२ वाणिज्य फर्म, सल्यानमा दुई सय १९ उद्योग र एक सय २७ वाणिज्य फर्म दर्ता भएको अधिकृत श्रेष्ठले बताए ।

यसैगरी रुकुम पश्चिममा दुई सय २८ उद्योग र एक सय ६४ वाणिज्य फर्म, जाजरकोटमा तीन सय ५८ उद्योग र एक सय ३२ वाणिज्य फर्म, मुगुमा दुई सय ४२ उद्योग र ४६ वाणिज्य फर्म, कालीकोटमा तीन सय २६ उद्योग र एक सय २० वाणिज्य फर्म तथा डोल्पामा एक सय ९६ उद्योग र ६६ वाणिज्य फर्म दर्ता भएका निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।