Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सूर्योदय वोमी र महुली लघुवित्तले एफपीओ निष्कासन गर्ने


सूर्योदय वोमी र महुली लघुवित्तले एफपीओ निष्कासन  गर्ने

काठमाडौं, असोज ४। सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक फर्दर पब्लिक अफरिङ्ग एफपीओ बिक्री गर्ने भएको छ। दुई कम्पनीले ५ करोड २२ लाख १७ हजार ८६९ रुपैयाँको एफपीओ बिक्रीको अनुमति माग गर्दै भदौ महीनामा पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति मागेका हुन् । सूर्योदय वोमी लघुवित्तले ४६ लाख ७२ हजार ९५४ रुपैयाँ ५० पैसा बराबरको ४६ हजार ७२९ दशमलव ५४५ कित्ता एफपीओ सार्वजनिक निष्काशन गर्न लागेको हो ।

कम्पनीले प्रति कित्ता १०० रुपैयाँको दरमा एफपीओ जारी गर्न कम्पनीले भदौ १८ गते बोर्डमा निवेदन दिएको हो । एफपीओ निष्कासन गर्न कम्पनीले कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको अधिकृत पूँजी एक अर्ब, जारी पूँजी ९१ करोड ५४ लाख ५५ हजार ४६३ रुपैयाँ र चुक्ता पूँजी ९१ करोड ७ लाख ८२ हजार ५०८ रुपैयाँ छ । वित्तीय संस्थाले १९२ वटा शाखा कार्यलयहरुबाट १ लाख ७१ हजार भन्दा बढी सदस्यलाई सेवा दिँदै आईरहेको छ ।

यसैगरी महुली लघुवित्तले पनि ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको एफपीओ निष्काशनको माग गर्दै नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ । कम्पनीले भदौ २४ गते १०० अंकित दरका कुल ४ लाख ७५ हजार ४४९ कित्ता एफपीओ बिक्री गर्न सेबोनसँग अनुमति मागेको हो । कम्पनीले एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेडलाई चयन गरेको छ। बोर्डले अनुमति प्रदान गरिपछि मात्र दुबै कम्पनीले एफपीओ जारी गर्ने भएको छ।