Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

राष्ट्रपतिसमक्ष तीन देशका राजदूतमार्फत ओहोदाको प्रमाणपत्र पेस


राष्ट्रपतिसमक्ष तीन देशका राजदूतमार्फत ओहोदाको प्रमाणपत्र पेस


काठमाडौं, भदौ १८। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि तीन देशका राजदूतले छुट्टा–छुट्टै समारोहमा आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। राष्ट्रपति भवनमा सोमबार आयोजित समारोहमा राष्ट्रपतिसमक्ष नेपालका लागि कतारका आवासीय राजदूत मिसाल मोहम्मद अलि अलानसरीले ओहोदाको प्रमाणपत्र पेस गरे।

यसैगरी, गणतन्त्र पेरु र कम्बोडियाका गैर आवासीय राजदूतद्वय जेभियर मानुएल पाउलिनिच वेलार्ड र कोय कुओङले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभयो। उक्त समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूसमेतको उपस्थिति थियो।

नवनियुक्त राजदूतहरूलाई काठमाडौँस्थित होटल रेडिसन देखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको जानकारी राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले बताए ।