Monday, November 25, 2024

२०८१ मंसिर १०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नारायणी नदी किनारमा घोप्टो परेको अवस्थामा भारतीय नागरिकको शव फेला


नारायणी नदी किनारमा घोप्टो परेको अवस्थामा भारतीय नागरिकको शव फेला

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका २८ मा एक भारतीय नागरिकको शव फेला परेको छ । नारायणी नदी किनारमा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । उनी भारतीय नागरिक ऋषि साह रहेको खुलेको छ । उनको साथमा रहेको रासन कार्डको आधारमा शवको पहिचान गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । शव भेटिएका व्यक्ति सिमलतालमा पहिरामा परेर त्रिशूलीमा खसेको बसका यात्रु हुनसक्ने अनुमान गरिएको छ ।