Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

भारतको विहार र कोशीको वाणिज्य संघबीच भगिनी सम्बन्ध कायम


भारतको विहार र कोशीको वाणिज्य संघबीच भगिनी सम्बन्ध कायम

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी र भारतको विहार इण्डष्ट्रिज एशोसिएशन पटनाबीच भगिनी सम्बन्ध कायम भएको छ । महासंघका अध्यक्ष राजेन्द्र राउत र एशोसिएशनका अध्यक्ष के.पी.एस. केसरी बीच मंगलबार विहारको राजधानी पटनामा भगिनी सम्बन्ध स्थापित भएको वाणिज्य संघ कोशीका कार्यकारी निर्देशक राधारमण भण्डारीले विज्ञप्तिमार्फत जनाएका छन् ।

विहारको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विहार इण्डष्ट्रिज एशोसिएशन पटना र महासंघ कोशी बीचको सम्बन्धले दुईपक्षीय व्यापारलाई अभिवृद्धि गर्नुका साथै लगानीको प्रवर्द्धन समेत हुने विश्वस अध्यक्ष राउतले गरेका छन् । कार्यकारी निर्देशक भण्डारीका अनुसार महासंघ कोशीले प्रदेशमा उद्योग व्यवसायमैत्री वातावरण निर्माणका लागि पैरवी गर्नुका साथै कृषि क्षेत्रको रूपान्तरणको लागि विभिन्न अभियानहरु संचालन गर्दै आएको छ । आगामी भदौ २७ देखि ३० गतेसम्म महासंघले कृषि एस्क्पो आयोजना गर्ने निर्णय गरिसकेको छ । एक्स्पोमा एसोसिएसन आवद्ध भारतीय व्यवसायी, कृषि विज्ञलगायतको सहभागिता रहने विहार इर्ण्डष्ट्रिज एशोसिएशनका अध्यक्षले केसरीले जनाए ।