Saturday, June 07, 2025

२०८२ जेष्ठ २५, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सेयर बजारका समस्या समाधानको उपाय खोजिन्छः अर्थमन्त्री


सेयर बजारका समस्या समाधानको उपाय खोजिन्छः अर्थमन्त्री

काठमाडौं, अर्थमन्त्री महतले सेयर बजारका समस्या समाधानका लागि उपाय खोजिने बताएका छन्। सोमबार ललितपुरमा आयोजित विश्व लगानीकर्ता सप्ताह– २०२३ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महतले बजार पनि स्वस्थ हुनुपर्नेमा जोड दिए।

सेयर बजारका समस्या समाधानका लागि उपाय खोजिन्छःअर्थमन्त्री हाल बजार तल झर्नुमा नियमकको माइक्रोम्यानेजमेन्टका केही समस्या रहेको उनले औंल्याए।

अहिले सेयर मार्केट तल झरेको छ, त्यसका विविध कारण छन्। रेगुलेसनका केही माइक्रोम्यानेजमेन्टका विषयले पनि समस्या आएको छ’ उनले भने यसको विस्तारै समाधान हुँदै जान्छ, समाधान हुनुपर्छ। त्यसमा केही निर्णयहरु चाँडै आउलान् भन्ने मैले विश्वास लिएको छु।

कतिपय बेलामा इन्साइडर ट्रेडिङका कुराहरु आउने, सूचना लिक हुने, जुन प्रवृत्ति देखिएको छ। यसलाई निर्णायक हिसावले दायरामा ल्याउनुपर्छ, आम लगानीकर्तालाई मध्यनजर राखेर व्यवस्थित गर्नुपर्छ महतले बताएका छन्।