काठमाडौँ । अघिल्ला दुई दिन उच्च अंकले घटेको नेप्से सोमबार ४४.४५ अंकले बढेर २ हजार ५ सय ८.८६ विन्दुमा उक्लेको छ । अघिल्लो दिनको तुलनामा नेप्से १.८० प्रतिशतले बढेको हो । गत बिहीबार ३२ र आइतबार २२ अंकले नेप्से घटेको थियो ।
सोमबार नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । सो दिन ५० हजार ६ सय ८० पटकको कारोबारमा ९७ लाख १७ हजार ९५९ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ३ अर्ब ७१ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबार ४ अर्ब ५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
आइतबारको तुलनामा सोमबार कारोबार संख्या र किनबेच भएका सेयर कित्ता पनि घटेको छ । सोमबार २१० कम्पनीको सेयरमूल्य बढ्दा ३३ वटाको घट्यो, बाँकी एउटा कम्पनीको सेयरमूल्य स्थिर रहयो ।