काठमाडौं । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले सरकार मुलुकको विकास, समृद्धि, सुशासन र जनताका आशा—अपेक्षालाई सम्बोधन हुने गरि अघि बढिरहेको बताएकी छन् । धनगढीमा आज नेपाल पत्रकार महासङ्घ, सुदूरपश्चिम प्रदेश समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूका लागि आयोजित बधाई कार्यक्रममा काँग्रेस र नेकपा एमालेको गठबन्धन सरकार बनेपछि जनतामा आशा भरोसा बढेको बताईन ।
मन्त्री राणाले मुलुकमा राजनीतिक विकास भइसकेकाले अब सामाजिक र आर्थिक विकासको आवश्यकता भएको उल्लेख गर्दै सरकार सामाजिक र आर्थिक विकासलाई प्राथमिकता दिएर काम गरिरहेको बताइन ।