Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

रास्वपाका मन्त्रीहरू राजीनामा नदिई फर्किए, संसदमा विश्वासको मतकालागि सहयोग गर्न प्रधानमन्त्रीको आग्रह


रास्वपाका मन्त्रीहरू राजीनामा नदिई फर्किए, संसदमा विश्वासको मतकालागि सहयोग गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । कांग्रेस एमालेको नयाँ सत्तासमीकरण बन्ने भएपछि राजीनामा बुझाउन प्रधानमन्त्री निवास बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरू राजीनामा नदिई फर्किएका छन् । राजीनामा दिने तयारीका साथ मन्त्रीहरू बालुवाटार पुगेका थिए ।

तर, प्रधानमन्त्री दाहालसँगको छलफल पछि उनीहरू राजीनामा नदिएर फर्किएको नेताहरुको भनाई छ । प्रधानमन्त्री दाहालले आफूले संसदबाट विश्वासको मत लिने र सहयोग गर्न भनेपछि राजीनामा नदिने भएको प्रमुख सचेतक सन्तोष परियारले बताए ।

आज बिहान राजीनामा पत्र बोकेरै मन्त्रीहरू प्रधानमन्त्रीलाई भेट्न पुगेका थिए । रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन्, उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री छन् । बुधबार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै मन्त्रीहरुले पनि सामूहिक राजीनामा बुझाएका थिए । अहिले सरकार अल्पमतमा परेको छ ।