काठमाडौं । चिनियाँ राष्ट्रपति सीसँग भएको छलफलको विषयमा जानकारी गराउँदै प्रधानमन्त्री दाहालले नेपालको विकासका लागि कृषिमा आधारित उद्योगहरुको महत्व बढिरहेको विषयमा छलफल भएको बताए । नेपालको विकासका लागि कृषिमा आधारित उद्योगहरुको महत्व बढी छ भन्ने विषयमा छलफल भएको छ ।
यस विषयमा हामीले महत्वपूर्ण छलफल गर्यौं । प्रधानमन्त्री दाहालले शनिबार हाङचाउ सहरमा चिनियाँ राष्ट्रपति सीसँग एक्लै र सामूहिक रुपमा छलफल गरेका थिए । यस क्रममा रेल, हवाई यातायाता र बाटोघाटो, पर्यटन, शिक्षा र स्वास्थ्यको विषयमा पनि छलफल भएको दाहालले बताएका थिए ।
आर्थिक सहयोगको दायरा वृद्धि गर्ने कुराकानी भएको छ । आपसी हितका विषय अघि बढाउने कुरा भएको छ, उनले भने । प्रधानमन्त्रीको रुपमा आफ्नो तेस्रो र राजनीतिक नेतृत्वको हिसाबले पाँचौं पटक बेइजिङ आएको स्मरण गर्दै दाहालले भने, पहिले भ्रमणमा बेइजिङ ओलम्पिकको समापन समारोहको संयोग परेको थियो भने अहिले एसियन खेलको उद्घाटन समारोह पर्यो । दाहालले प्रत्येक भ्रमणमा महत्त्वपूर्ण चिनियाँ नेतृत्वसँग भेटघाट भएको बताएका थिए । अमेरिकामा संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी भएर चीन प्रस्थान गरेका प्रधानमन्त्री दाहाल शुक्रबार स्वदेश फर्कने छन् ।