काठमाडौं । नेपाली काँग्रेसले पूर्वमन्त्री तथा सांसद वीरेन्द्र महतोले घूसबारे दिएको अभिव्यक्तिमाथि रुलिङको माग गरेको छ । मंगलबार नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले ५ हजार रुपैयाँ घूस दिएर काम गराएको भन्ने महतोको भनाईलाई रुलिङका लागि आग्रह गरे । ‘तत्काल सम्बन्धित मन्त्रीलाई गृहमन्त्री र प्रधानमन्त्रीउपर रुलिङ गर्नका लागि र आगामी तीन दिनभित्र जानकारी गराउन अनुरोध गर्दछु’ उनले भने । यही साउन ६ गतेको प्रतिनिधि सभाको बैठकमा सांसद महतोले आफूले ५ हजार रुपैयाँ घूस दिएर काम गराएको बताएका थिए ।
पूर्वमन्त्री वीरेन्द्र महतोले घूसबारे दिएको अभिव्यक्तिमाथि कांग्रेसद्धारा सभामुखसँग रुलिङको माग[भिडिओ सहित]