Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एक महिनामा एक खर्ब २९ अर्ब २३ करोडको वस्तु आयात, निर्यात भने घट्यो


एक महिनामा एक खर्ब २९ अर्ब २३ करोडको वस्तु आयात, निर्यात भने घट्यो

काठमाडौं, भदौ ७ । चालू आर्थिक वर्षको पहिलो साउन महिनामा एक खर्ब २९ अर्ब रुपैयाँको सामान आयात हुँदा १३ अर्ब रुपैयाँको सामान निर्यात भएको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउनमा निर्यात ८.६५ प्रतिशतले घटेको छ । गत वर्ष साउनमा १४ अर्ब ८० करोड ९७ लाख रुपैयाँ बराबरको निर्यात भएकामा अहिले घटेर १३ अर्ब ५२ करोड ८६ लाख रुपैयाँ बराबरको सामान निर्यात भएको तथ्याङ्क छ ।

साउनमा आयात पनि १.५६ प्रतिशतले घटेको छ । गत वर्षको साउनमा १ खर्ब ३१ अर्ब २८ करोडको वस्तु आयात भएकामा गएको चालू आवको साउन महिनामा १ खर्ब २९ अर्ब २३ करोडको वस्तु आयात भएको हो । वैदेशिक व्यापार समग्रमा २.२८ प्रतिशतले घटेको छ । गत साउनमा १ खर्ब ४६ अर्ब ९ करोड रुपैयाँको वस्तु आयात भएकामा यस वर्ष साउनमा १ खर्ब ४२ अर्ब ७६ करोड रुपैयाँको निकासी भएको छ । व्यापार घाटा गत वर्षको भन्दा ०.६६ प्रतिशतले घटेको छ ।

गत वर्षको साउनमा एक खर्ब १६ अर्ब ४७ करोडको व्यापार घाटा भएकामा यस वर्ष १ खर्ब १५ अर्ब ७१ करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको विभागको तथ्याङ्कमा उल्लेख छ । साउन महिनामा सबैभन्दा धेरै सात अर्ब ३४ करोड ७१ लाख २५ हजार रुपैयाँ बराबरको ७६ हजार ७१६ किलोलिटर डिजेल आयात भएको छ ।

५ अर्ब ४४ करोड ७० लाख ७६ हजार रुपैयाँको ५६ हजार ९०१ किलोलिटर पेट्रोल र तीन अर्ब २२ करोड ८७ लाख रुपैयाँको एलपी ग्यास आयात भएको छ । तीन अर्ब ७४ करोड ७२ लाख २८ हजार रुपैयाँको आइरन आयात भएको छ । तीन अर्ब ३६ करोड ५१ लाख ४५ हजार रुपैयाँको स्टिल, दुई अर्ब ८६ करोड ८४ लाख रुपैयाँको स्मार्ट फोन आयात भएको विभागको तथ्याङ्क छ ।