Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

कीर्तिपुरको नगाउँ स्थीत दर्शन साकोसमा गैर सदस्यद्धारा तोडफोड, भवन र प्रबन्धकको कार्यकक्षमा क्षति[सिसीटिभी फुटेज सहित]


कीर्तिपुरको नगाउँ स्थीत दर्शन साकोसमा गैर सदस्यद्धारा तोडफोड, भवन र प्रबन्धकको कार्यकक्षमा क्षति[सिसीटिभी फुटेज सहित]

काठमाडौं । कीर्तिपुरको नगाउँ स्थीत दर्शन बचत तथा ऋण सहकारी संस्थाका शेयर सदस्य रमेश महर्जनसँग आएका एक अज्ञात व्यक्तीले संस्थाको भवन तोडफोड गरेका छन् । संस्थाको प्रबन्धक आयुशा दर्शनधारीको कार्यकक्षमा जबरजस्ती प्रवेशगरि प्रबन्धकको टेवलमा रहेको ल्यापटप खोस्नुका साथै भवनको सिसामा लात्ताले हिर्काइ क्षति पुर्याएका हुन । सहकारीका शेयर सदस्य रमेश महर्जनसँग आएका ति युवाले महिला कर्मचारीमाथि दुव्र्यबहार समेत गरेको सिसीटिभी फुटेजमा प्रष्ट देख्न सकिन्छ ।

शेयरसदस्य महर्जनसँग यसअघि संस्थाका सिइओ सुर्वन महर्जनले पटक—पटक छलफल तथा परामर्श गरिरहेको अबस्थामा आइतबार कार्यालयमा प्रवेश गरेका महर्जनले अराजक व्यबहार देखाएका थिए । प्रबन्धक दर्शनधारी बसिरहेको कुर्सीको पछिल्लो टेबलमा रहेको टेलिफोन जबरजस्ती खोसेर तथानाम बोलेको सिसिटिभी फुटेजमा देखिएको हो ।

शेयरसदस्य महर्जन र संस्थाका सिइओबीच सहकारीमा रहेको बचत रकम बाफतको जग्गा लिने मौखिम सहमति यसअघि नै भइसकेको थियो । सहकारीबाट ऋण लिएर नतिरेका शेयरसदस्यको जमिन रोक्कागरि सोहि जमिन महर्जनलाई दिने प्रक्रियाकाबीच उनले संस्थामा गैर व्यक्तीलाई प्रवेश गराइ तोडफोडको प्रयास गरेका हुन । उनीसँग आएका गैरसदस्यले संस्थाको भवनमा रहेको सिसामा लात्ताले हिर्काउदा क्षति पुगेको छ । गैह व्यक्तीलाई प्रवेश गराई १० हजार शेयर सदस्य रहेको संस्थाको कार्यालयमा क्षति पुरयाएको विषयमा संस्थाले गम्भीर ध्यानाकर्षण जनाएको छ ।

पछिल्लो समय देशमा बढ्दो आर्थिक तरलताबीच शेयर सदस्यको रकम व्यवस्थापनमा जुटेको अबस्थामा पटक—पटक संस्थाका शेयर सदस्यहरुले गैह व्यक्तीको प्रवेश गराई धम्कीदिने गरेको र यस्ता कार्य कानुन विपरित भएको भन्दै संस्थाका सचिव यशोदा राईले सम्बन्धीत निकायको ध्यानाकर्षण समेत गराएकी छन् । सचिव राईले संस्थाले बचत फिर्ताकालागि हरेक दिन गम्भीर भइरहेको छ । हामी रकम जोहो गर्न र सम्पत्ती व्यबस्थापनमा जुटेका छौं । यसअघि स्वेत पत्र जारी गरेको र सोहि अनुसार रकम फिर्ता अघि बढाएको भन्दै परिस्थीतिलाई नबुझी संस्थालाई क्षति पुर्याएको विषयले सिंगो १० हजार शेयरसदस्यको बचतलाई थप प्रभावित बनाउन खोजेको उनको भनाई छ ।

उनिले भनिन्, ‘अहिले हामीले सम्पत्ती व्यवस्थापनबाट रकम फिर्ताको प्रक्रिया अघि बढाएका छौं, त्यसमा बागमती प्रदेश सरकारको सहकारी महाशाखाको परिपत्र अनुसार प्राथमिकताको आधारमा बृद्धबृद्धा तथा विरामीलाई रकम वितरण अघि बढेको छ,भने केहि सदस्यहरुले ऋण असुलीबाट प्राप्त जग्गा लिनुभएको छ, । यो विषय घटनामा संलग्न रहेका शेयर सदस्य रमेश महर्जनलाई पनि जानकारी छ । महर्जन र सहकारीका सिइओबीच बिहिबारमात्रै छलफल भएको र बचत फिर्ताका विषयमा कुराकानी भएको उनले बताइन ।

संस्थाका प्रतिनिधि र शेयरसदस्यबीच एक खालको सहमतिको वातावरण बन्दै गर्दा पुनःआज आइतबार उनिसँग आएका एक युवाले कार्यालयको भवनको सिसा तोडफोड गरेको, संस्थाका कर्मचारीमाथि डर—धम्की दिएको,महिला कर्मचारीमाथि अमानवीय व्यवहार गरेकाले आफुहरु कानुनी उपचारमा जाने उनको भनाई    छ ।

सिसीटिभी फुटेजमा शेयर सदस्य महर्जनले अमानवीय, अपमानजनक  व्यवहार गरेको प्रष्ट देखिएको छ । भने, उनिसँग आएका अर्का एक युवकले दुई पटक भवनको सिसामा हात्ताले हिर्काएका छन् । जसले गर्दा भवनको माथिल्लो तल्लामा रहेको प्रबन्धकको कार्यक्षमा क्षति पुगेको छ । भवनको सिसा फुटेको छ । संस्थामा आएका केहि सेवा ग्राहीले त्यस्तो नगर्न आग्रह गर्दा पनि उनिहरुले कार्यालयको भवनमा क्षति पुरयाएको प्रत्यक्षदर्शीले बताएका छन् । उनिहरुले सहकारीका कर्मचारी पुजन तुलाधरमाथि पनि हातपातको प्रयास गरि कार्यालय बाहिर निकालेको सिसीटिभी फुटेजमा देख्न सकिन्छ । घटना लगत्तै प्रहरी पुगेपनि उनिहरु भने त्यहाँबाट भागी सकेको प्रहरीले जनाएको छ ।

घटनाका विषयमा गम्भीर छानविन हुने कीर्तिपुर प्रहरीले जनाएको छ । अहिले देशभरकै सहकारीमा समस्या भएको र त्यसलाई सहजरुपमा समाधन गर्दै जानुपर्नेमा गैर व्यक्तीले सहकारीको सार्वजनिक भवनमा क्षति पर्याउनु गैरकानुनी हुने कीर्तिपुर प्रहरीको भनाई छ । कार्यालयमा क्षति पुर्याउने रमेश महर्जन र उनिसँग आएका युवामाथि कानुनी कारबाहीकालागि संस्थाले उजुरी दिने तयारी गरेको सहकारीका एक सदस्यले बताए । घटनाको प्रहरीले निरिक्षण गरेको छ । कीर्तिपुरकै स्थानीय रहेका महर्जन सहकारीमा करिब पौने ११ बजे पुगेका थिए ।