काठमाडौं । कीर्तिपुर स्थीत दर्शन बचत तथा ऋण सहकारी संस्था र अनामनगरमा रहेको आदिवासी सेवा केन्द्रका बचतकर्ताहरुको संघर्ष समितिबीच १८ बुँदे लिखित सहमति भएको छ । दर्शन साकोसका सञ्चालक समिति र सहकारी पीडित सहजिकरण समितिका पदाधिकारीहरुबीच भएको सहमतिमा सहकारीको कामकाज नियमति गर्ने, बचतफिर्ताकालागि बनाईको कार्ययोजनाको पुर्ण पालना गर्नुपर्ने, निश्पक्ष र समानुपातिक तवरबाट बचतफिर्ता गर्नुपर्ने विषयमा लिखित सहमति भएको हो ।
सहमति पश्चात दुबै पक्षले जारी गरेको संयुक्त विज्ञप्तीमा भनिएको छ, पछिल्लो समय देशमा बढ्दो आर्थिक संकटका कारण समग्र वित्तीय क्षेत्रमा परेको असरले सहकारी क्षेत्रमा थप समस्या आएको छ । त्यो समस्या हामीले पनि सामना गर्नुपरेको अबस्था छ ।
विगत दुई वर्ष यता सहकारी संस्थामा कहि कतैबाट बचत जम्मा नभएको तथा निक्षेप संकलन, ऋण असुली पनि सुन्यको अवस्थामा रहेकाले हामीले थप आर्थिक संकटको सामना गरिरहेका छौं । त्यसमापनि सहकारी संस्थाका विरुद्धमा भएका भ्रमपूर्ण आन्दोलनका कारण ऋण असुलिमा समस्या आउनु, शेयरसदस्यमा थप त्रास बढ्नु र बचतफिर्ताको माग बढ्दा संकटपुर्ण अबस्था हो । यो समयमा एक अर्काबीच सहमति र सहकार्य नै मुख्य समस्याको समाधान भएकाले दर्शन साकोस विरुद्ध आन्दोलनमा रहेका बचतकर्ताहरु सँग पटक—पटक सहमति गर्ने प्रयास गरिरहेका छौं । यहि बीचमा अनामनगरमा रहेको आदिवासी सेवा केन्द्रका बचतकर्ताहरुको संघर्ष समितिसँग छलफलगरि १८ बुँदे लिखित सहमति भएको छ ।
यो सहमतिले दर्शन साकोसलाई सञ्चालनमा ल्याउन कोषेढुङगा सावित हुने हामीले विश्वास लिएका छौं । दुबै पक्षबीच पटक—पटक भएको छलफलबाट लिखित सहमतिमा पुगेको सबैमा जानकारी गराउन चाहान्छौं अध्यक्ष दिनेश दर्शनधारीद्धारा जारी विज्ञप्तीमा भनिएको छ । जारी संयुक्त विज्ञप्तीमा अध्यक्ष दर्शनधारी र सहकारी पीडित सहजिकरण समितिका संयोजक गुनु लामाको हस्ताक्षर रहेको छ ।
के छ सहमति पत्रमा ?