Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नैतिक चरित्रमा प्रश्न उठेपछि निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानले आफै नाम फिर्ता लिए


नैतिक चरित्रमा प्रश्न उठेपछि निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानले आफै नाम फिर्ता लिए

काठमाडौं । नैतिक चरित्रमा प्रश्न उठेकपछि व्यापक आलोचना भएपछि निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानले नाम फिर्ता लिएका छन् । संसदीय सुनुवाई समितिबाट नाम अनुमोदन नहुने भएपछि आफैं नाम फिर्ता लिएका हुन । उनले संसदीय सुनुवाइ समितिलाई पत्र पठाइ आफू प्रक्रियाबाट अलग भएको जानकारी गराएका हुन् । नाम फिर्ता लिने तयारी गरेपछि संसदीय सुनुवाई समितिको बैठक सोमबार बिहान साढे ११ बजेबाट अपरान्ह ५ बजेका लागि सारिएको थियो । प्रधानका बारेमा आइतबार प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच पनि कुराकानी भएको थियो । यौन शोषणको आरोप लागेका प्रधानकोबारेमा पीडित महिलाले समितिमै आएर बयान दिइसकेको र उनको चरित्रमा व्यापक प्रश्न उठेकाले नाम अघि बढाउन नसकिने निर्णयमा स्रोत पुगेको बताइएको छ । सोमबार कांग्रेस र एमालेका सांसदहरूले पनि आन्तरिक छलफल गरी अनुमोदन नगर्ने निष्कर्ष निकालेका छन् ।