Tuesday, June 03, 2025

२०८२ जेष्ठ २१, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

वैकल्पिक नीति व्यवस्थाको माग गर्दै मजदुर तथा उद्यमीहरुद्वारा प्रदर्शनी


वैकल्पिक नीति व्यवस्थाको माग गर्दै मजदुर तथा उद्यमीहरुद्वारा प्रदर्शनी

काठमाडौँ । उचित व्यवस्थापनको माग गर्दै काठमाडौं महानगरपालिकाका सडकमा मजदुरी तथा उद्यम गर्नेहरूले आइतबार प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृह अगाडि प्रदर्शन गरेका छन् ।

साइकल, गाडा र सडकमा मजदुरी तथा उद्यम गर्नेहरुका लागि सम्मानजनक वैकल्पिक नीति व्यवस्थाको माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

इनफ इज इनफ अभियानको आयोजनामा भएको उक्त प्रदर्शनका क्रममा पीडितहरुले ‘गरी खान देऊ’, ‘महानगर प्रहरी दमन बन्द गर’, ‘सहर सबैका लागि कि धनीका लागि मात्र ?’ लगायतका विभिन्न नारा लेखिएका प्लेकार्डहरु प्रस्तुत गरेका थिए ।