Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

विज्ञापन बोर्ड र सुरक्षण मुद्रण केन्द्रमा १६ अधिकृतस्तरको अस्थायी दरवन्दी सिर्जना गर्न मन्त्रिपरिषद्को स्वीकृत


विज्ञापन बोर्ड र सुरक्षण मुद्रण केन्द्रमा १६ अधिकृतस्तरको अस्थायी दरवन्दी सिर्जना गर्न मन्त्रिपरिषद्को स्वीकृत

काठमाडौं । पछिल्लो समय सरकारले गरेका विभिन्न निर्णयहरु सार्वजनिक भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले बोर्डको रिक्त सदस्य–सचिव पदमा खगराज शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

यसैगरी, बैठकले सामाजिक सञ्जाल टिकटकमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको सार्वजनिक गरेको हो । तोकिएका शर्तको पालना गर्ने गरि टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरिएको हो ।

यसका साथै, विज्ञापन बोर्ड र सुरक्षण मुद्रण केन्द्रमा गरि १६ अधिकृतस्तरको अस्थायी दरवन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ । त्यस्तै, सरकारले आयल निगम लिमिडेटलाई जितपुर सिमरा उपमहानगरमा रहेको करिव ५ विघा जग्गा प्राप्ती गर्न स्वीकृत प्रदान गरिएको छ ।   हिजो बसेको बैठकले काठमाडौँ तराई मधेश द्रूतमार्ग सडक आयोजनालाई मकवानपुरमा करिव ३३ हजार ९७५ वर्ग मिटर जग्गा प्राप्ती गर्न स्वीकृत प्रदान गरेको छ ।