Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

हेटौँडा ४०० केभी सब—स्टेसन निर्माण अन्तिम चरणमा


हेटौँडा ४०० केभी सब—स्टेसन निर्माण अन्तिम चरणमा

काठमाडौं । देशभित्रको विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा निर्माणाधीन सब-स्टेसनको काम अन्तिम चरणमा पुगेको छ । हेटौँडा सब—स्टेसनमा ४००र२२० केभी,२२०—१३२ केभी र १३२—११ केभी सब—स्टेसन निर्माणाधीन छन् ।

एक महिनाभित्र निर्माण सम्पन्न गरी सञ्चालन (चार्ज) गर्ने लक्ष्यका साथ सब स्टेसनका उपकरणहरूको जडान, परीक्षणलगायतका अन्तिम चरणका कामहरू भइरहेका  छन् । सब—स्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत प्रवाहका अतिरिक्त स्थानीय रूपमा आपूर्ति समेत गरिने छ । यसबाट त्यस क्षेत्रको विद्युत आपूर्ति पर्याप्त, भरपर्दो र गुणस्तरीय हुने छ ।

निर्माण अनुगमनमा पुग्नुभएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पछिल्लो समयमा सब स्टेसनको काम सन्तोषजनक देखिएको बताए। कार्यकारी निर्देशक घिसिङले निर्माणमा सङ्लन्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीहरूसँग छलफल गरे । । घिसिङले एक महिनाभित्रमा सब स्टेसन सञ्चालनमा ल्याउने गरी बाँकी काम सम्पन्न गर्न निर्देशन दिए।

नेपाल सरकार र विद्युत प्राधिकरणको लगानीमा हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी सब स्टेसन विस्तार आयोजनाअन्तर्गत निर्माणाधीन ४००—२२० केभी हेटौँडा सब स्टेसनमा ३१५ एमभिए क्षमताका तीन थान पावर ट्रान्सफर्मरहरू छन् । जसको क्षमता ९४५ एमभिए छ ।

धनुषाको ढल्केबरबाट र अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बाट प्राप्त हुने अनुदानबाट नुवाकोटको रातमाटेबाट निर्माण हुने ४०० केभीको डबल सर्किट प्रसारण लाइन हेटौँडा सब स्टेसनमा ल्याएर जोडिने छ । यसका लागि हेटौँडा सब स्टेसनमा आवश्यक पूर्वाधार निर्माण गरिएको छ ।

आयोजनाअन्तर्गत नै ढल्केबर र इनरुवामा ४००—२२० केभीका सब-स्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा आइसकेका छन् । हेटौँडा र इनरुवा सब स्टेसन निर्माणका लागि २०७५ पुसमा ठेक्का सम्झौता भएको थियो ।