काठमाडौँ । निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको नाम अनुमोदन गर्ने—नगर्ने विषयमा निर्णयमा पुग्नका लागि बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक सरेको छ । नैतिक चरित्रमा व्यापक प्रश्न उठेका प्रधानको संसदीय सुनुवाइ बैठक सोमबार बेलुका ५ बजेसम्मका लागि सारिएको छ ।
सोमबार बिहान साढे ११ बजेका लागि निर्धारित बैठक किन सारिएको हो, भन्ने चाहिँ कारण खुलाइएको छैन् । एक बजे प्रतिनिधि सभाको बैठकपछि नयाँ बानेश्वरस्थित संसद् भवनको शंकर हलमा बैठक बस्ने छ । समितिले गत बुधबार नै सुनुवाइ सकेपनि उनको बारेमा निर्णय गर्नका लागि समय लम्बाइरहेको थियो ।