काठमाडौं । सरकारले देशभरि रुट परमिट खुला गरेपछि लामो तथा छोटो दूरीका सवारी साधनमा चाप घटेको छ । यातायात व्यवस्था विभागका अनुसार दशैंलाई लक्षितगरि खुलागरिए पछि अहिले यात्रुहरुको चापलाई थप सहज बनाउन सकिएको हो । रुट परमिट दशैंको पूर्णिमासम्म कायम रहने छ । यसअघि सरकारले दशैंको घटस्थापनादेखि मात्र रुट परमिट खुला गर्ने निर्णय गरेको थियो । तर, अविरल वर्षाका कारण राजमार्ग र सडक अवरुद्ध भई यातायात सञ्चालन हुन नसकेको अवस्था र प्राकृतिक विपत्तिका कारण यात्रु बाटोमा अलपत्र गरेका यात्रुलाई उद्धार गर्नुपर्ने भएकाले सोमबारबाट रुट परमिट खुला गर्ने निर्णय भएको हो । अहिलेकै रुट परमिटलाई आधार मान्दा असहजता उत्पन्न भएका कारण नेपालभर रुट परमिट खुला गरिएको हो । दशैंसहितका ठूला चाडपर्वमा काठमाडौं उपत्यकाबाट बाहिर जाने यात्रुको संख्या ह्वात्तै बढ्ने गर्छ ।
देशभरि रुट परमिट खुला, सहज बन्दै यात्रा