Wednesday, November 27, 2024

२०८१ मंसिर १२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कीर्तिपुर नगरपालिकाका प्रमुख नकर्मीको स्वास्थ्य अबस्था जटिल,वीरको भेन्टीलेटरमा उपचार हुँदै[विज्ञप्ती सहित]


कीर्तिपुर नगरपालिकाका प्रमुख नकर्मीको स्वास्थ्य अबस्था  जटिल,वीरको भेन्टीलेटरमा उपचार हुँदै[विज्ञप्ती सहित]

काठमाडौं । मृगौला पीडित कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको स्वास्थ्य अबस्था जटिल बनेको छ । केहि महिनाअघि मृगौला प्रत्यारोपण गराएका प्रमुख नकर्मीको अहिले वीर अस्पतालको भेन्टीलेटरमा उपचार भइरहेको नगरपालिका उपप्रमुख तथा प्रवक्ता शुभ लक्ष्मी शाक्यले जानकारी दिइन ।


उनका अनुसार नगरप्रमुख नकर्मीको स्वास्थ्य अबस्था जटिल छ । बीरको भेन्टीलेटरमा क्रृतिम स्वास दिएर उपचार भइरहेको छ । चिकित्सकहरुको भनाई अनुसार अबस्था  जटिल रहेको उपप्रमुख शाक्यको भनाई छ । तर, बाहिर आएजस्तो कुनै अप्रीय घटना भने नभएको उपप्रमुख शाक्यले बताइन । प्रमुख नकर्मीलाई एक साताअघि एक्कासी समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।


उपप्रमुख शाक्यले केहिबेरमा प्रमुख नकर्मीको स्वास्थ्य अवस्था बुझ्न वीर अस्पताल पुग्ने बताएकी छन् । बिहान अस्पताल पुग्दा अवस्था जटिल भएको जानकारी पाएको थिए, एउटाका कार्यक्रम सकेर पुग्छु उपप्रमुख शाक्यले विजनेस दर्शनलाई भनिन् । नगरप्रमुख नकर्मीले लामो समयदेखि मृगौलाको उपचार गराइरहेका थिए ।