काठमाडौं । विष्णु–सरस्वती फाउन्डेसन र बज्रयोगिनी फाउन्डेसनले मलेसियाको तारा फाउन्डेसनको सहकार्यमा गरिब तथा शैक्षिक रूपमा कमजोर विद्यार्थीहरूको शैक्षिक गुणस्तर सुधार गर्न सहयोग गर्ने भएको छ ।
काठमाडौंको त्रिपुरेश्वर स्थित टेकुमा रहेको वंशीघाट टोल सुधार समितिमा एक कार्यक्रम गर्दै विष्णु–सरस्वती फाउन्डेसन, बज्रयोगिनी फाउन्डेसन र मलेसियाको तारा फाउन्डेसनले वंशीघाट टोल सुधार समितिसँग सम्झौता गरी एमओयुमा हस्ताक्षर गरेका छन् ।
विष्णु–सरस्वती फाउन्डेसनको पहलमा अब वंशीघाट टोल सुधार समितिमा विद्यालय समय पछि सामुदायिक हलमा ट्युसन क्लास ”गुरुकुल ” सन्चांलन हुने भएको छ । ट्युसन क्लास ”गुरुकुल ” सन्चांलनबाट शैक्षिक रूपमा कमजोर विद्यार्थीहरूको शैक्षिक गुणस्तर सुधार हुने र उनीहरूले गुणस्तरीय शिक्षा पाउनेमा फाउन्डेसनले विश्वास लिएको छ ।