Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एमाले सांसद भट्टराईले संसदमा प्रयोग गरेको शव्दका विषयमा हंगानामा, माओवादी केन्द्रको आपत्ती


एमाले सांसद भट्टराईले संसदमा प्रयोग गरेको शव्दका विषयमा हंगानामा, माओवादी केन्द्रको आपत्ती

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा सांसद योगेश भट्टराईले बोलेका शब्दमा माओवादी केन्द्रले आपत्ती जनाउदा आजको संसदमा केहिबेर तनामग्रस्त बन्यो । माओवादी केन्द्रका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई लक्षित गरि राखेको धारणाले संसदमा तनावको स्थित बन्यो ।

यसैबीच, सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बुधबारको बैठकमा सरकारको नेतृत्व गरिरहेको एमालेका सचिव तथा सांसद योगेश भट्टराईले बोलेका शब्दमाथि छानबिन गर्न संसद् सचिवालयलाई निर्देशन दिएका छन् ।

भट्टराईले बोल्ने क्रममा सांसद भट्टराईले माओवादीले संचालन गरेको हिंसाका कारण मुलुकमा समयमा विद्युत उत्पादन नभएको आरोप लगाएका थिए । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति गरेका थिए ।

भट्टराईले माओवादी सांसदहरूले बोलिरहेका बेला पनि उक्त शब्द प्रयोग गरेका थिए । त्यसपछि सभामुख घिमिरेले भट्टराईले बोलेका शब्दमाथि छानबिन गर्नका लागि निर्देशन दिएका थिए ।

त्यसपछि पनि एमालेका सांसद भट्टराई र रघुजी पन्तलगायतले उक्त शब्द दोहोर्‍याएका थिए । माओवादीले भने एमालेका शब्द र व्यवहारको विरोध गरेको थियो । भट्टराईले भने माओवादीका प्रमुख सचेतकले नियमापत्तिका लागि समय माग्दा पनि माओवादीले विगतमा हिंसा गरेको भन्दै पटक—पटक दोहोर्‍याएका थिए ।