एजेन्सी । रूसले अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीका अध्यक्ष होफम्यानस्की पिओटर जोजेफलाई आपराधी सूचीमा राखेको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई पक्राउ गर्न आदेश दिने आइसीसीका अध्यक्ष जोजेफलाई फरार सुचीमा राख्दै रुसले अपराधीको सूचीमा समावेश गरेको हो । पोल्यान्डका नागरिक जोजेफलाई रूसी महासंघको फौजदारी संहिताको दफा अन्तर्गतको फरार व्यक्तिको सूचीमा समावेश गरिएको रुसी रक्षा मन्त्रालयले जनाएको छ । सन् २०१५ देखि आईसीसीको न्यायाधीश रहेका जोजेफ सन् २०२१ को मार्चमा अध्यक्ष चुनिएका हुन् ।
आईसीसीका अध्यक्ष जोजेफ आपराधीको सूचीमा