Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मायादेवी दानपेटिकाबाट एक करोड भेटी संकलन


मायादेवी दानपेटिकाबाट एक करोड भेटी संकलन

काठमाडौं । बुद्धजन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा राखिएका दानपेटिकाबाट एक करोड छ लाख ४० हजार रुपैयाँ भेटी संकलन भएको छ । आर्थिक वर्ष २०८०-८१ अन्तर्गत दोस्रोपटक शुक्रबार सम्पन्न भएको दानपेटिका गणनाबाट उक्त रकम संकलन भएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले जानकारी दिए ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष भट्टराईको नेतृत्वमा स्थानीय तह, सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकारवालाको उपस्थितिमा यही पुस १७ गते दानपेटिका खोलिएको थियो ।

मायादेवी मन्दिरको अवलोकनमा गएका भक्तजनले चढाएको दानको आम्दानीबाट कोषको आन्तरिक खर्च व्यवस्थापन हुँदै आएको छ । संकलित दान पारदर्शी बनाउनेगरी गणनाको व्यवस्था मिलाइएको कोषले जनाएको छ । पछिल्लो समय लुम्बिनीमा आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेका छन् ।

यसअघि कात्तिकमा खोलिएको यो आर्थिक वर्षको पहिलो दानपेटिका गणनाबाट ६४ लाख ७६ हजार नौ सय ६० रुपैयाँ संकलन भएको थियो ।