काठमाडौं, भदौ २२ । एनआइसी एसिया बैंकले कनेक्ट आइपिएससँँगको सहकार्यमा आफ्ना मोबाइल बैंकिङ ग्राहकका लागि ‘फन्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल हातमा’ अफर सार्वजनिक गरेको छ। अफरअन्तर्गत हरेक हप्ता एक भाग्यशाली मोबाइल बैंकिङ ग्राहकले सो बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी कनेक्ट आइपिएसमार्फत फन्ड ट्रान्सफर गर्दा एक थान स्मार्टफोन जित्न सक्नेछन्।
भदौ १७ देखि असोज २० सम्म लागू हुने अफरअन्तर्गत एक जना ग्राहकलाई हप्ता सकिएपछि आइतबार–शनिबार ‘लक्की ड्र’मार्फत विजेता घोषणा गरिने बैंकले बताएको छ। विजेताको जानकारी एनआइसी एसिया बैंकको आधिकारिक सामाजिक सञ्जालहरूद्वारा सार्वजनिक गरिनेछ।
फन्ड ट्रान्सफर गर्न आफ्नो मोबाइल बैंकिङ सेवा एपमा लगइन गरी मोबाइल स्क्रिनको तल्लो भागमा रहेको फन्ड ट्रान्सफर अप्सनमा क्लिक गरेर अदर ब्यांक्स युजिङ क्नेक्ट आइपिएस’ छनोट गर्नुपर्छ।
यसरी फन्ड ट्रान्सफर गर्दा कनेक्ट आइपिएसमा छुट्टै दर्ता गर्न आवश्यक पर्दैन। फन्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीका निम्ति मोबाइल बैंकिङको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले थप प्रवर्द्धन गर्ने विश्वास बैंकले लिएको छ।