काठमाडौं । नेपालको अग्रणी कन्फिक्सनरी कम्पनी सुजल फुड्स प्रालिले आफ्नो उत्कृष्ट उत्पादन चोकोफनको नयाँ विज्ञापन अभियान सुरू गरेको छ। ‘अन्ली चोकोफन’ भन्ने सन्देश बोकेको यस विज्ञापन अभियानलाई आकर्षक ढंगले नेपालभर विभिन्न माध्यममार्फत् प्रस्तुत गरिएको छ।
चोकोफन देशकै पहिलो र मौलिक चकलेट वेफर हो। कम्पनीले यसको मिठो स्वाद हरेक बालबालिकाहरूको मनमा बस्न सफल वेफर रहेको दाबी गर्दै आएको छ। यस विज्ञापन अभियानमार्फत् बालबालिकाहरूको हरेक रमाइला पलहरूलाई ‘अन्ली चोकोफन’को साथले मात्र पूर्णता मिल्छ भन्ने सन्देश दिएको छ। बालबालिकाहरूको विभिन्न रमाइला पलहरूमा चोकोफनको साथले थप खुशी र आनन्द प्राप्त हुन्छ र यसरी उनीहरूको रमाइलो र खुशीको अभिन्न अंगको रुपमा अन्ली चोकोफन रहेको छ भन्ने अभिप्राय विज्ञापनले बोकेको छ।
चोकोफनको नयाँ विज्ञापन अभियानको प्रवर्द्धन टेलिभिजन, रेडियो, डिजिटल मिडिया तथा सामाजिक सञ्चालमार्फत प्रवाह गरिएको छ। बालबालिकाहरूले यस विज्ञापनलाई आफ्नो वास्तविक बाल्यकालसँग चित्रण गर्ने कम्पनीले विश्वास लिएको छ। उनीहरूको दैनिकी जीवनमा हुने विभिन्न मिठा पलहरूलाई नै समेटेर अन्ली चोकोफनको टेलिभिजन विज्ञापनमा देखाइएको छ।
विज्ञापनमा बालबालिकाहरू एक अर्कासँग रमाइलो गरिरहेको, चोकोफनको उत्कृष्ट स्वादमा मग्न भएको साथै अन्ली चोकोफन नै उनीहरूको सफलताको मिठास बनेको पनि प्रस्तुत गरिएको छ।
चोकोफन विगत चार दशकदेखि उत्कृष्ट कन्फिक्सनरी उत्पादन गर्दै आएका आइएसओ मान्यताप्राप्त कम्पनी सुजल फुड्स प्रालिको लोकप्रिय उत्पादन हो। अत्याधुनिक मेसिनरी र उच्च स्वास्थ्यकर वातावरणमा सावधानिका साथ चोकोफनको उत्पादन गरिन्छ। क्रिप्सी र क्रन्ची वेफरमा उत्कृष्ट चकलेट क्रिमले ढाकिएको चोकोफन गुणस्तरीय हुनुको साथै अत्यन्तै स्वादिष्ट छ।