Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सांसद गौतम किन मौन उभिएर संसदमा ?


सांसद गौतम किन मौन उभिएर संसदमा ?


काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले बिहीबार प्रतिनिधिसभामा मौन उभिएर विरोध गरेका छन् । सभामुख देवराज घिमिरेले शून्य समयमा बोल्नका लागि सांसद गौतमका लागि समय दिएका थिए । आफ्नो पालो आएपछि उभिएका सांसद गौतमले केही बोलेनन्, उभिए मात्रै ।

सांसद गौतमले मौन उभिएर विरोध जनाएपछि प्रतिपक्षी सांसदहरूले ढ्याप–ढ्याप गरेर उनको विरोधमा समर्थन जनाएका थिए । सांसद गौतम आफ्नो आसनमा उभिएर मौन रहेपछि सभामुख घिमिरेले दोहोर्‍याएर उनलाई बोल्न समय दिइएको भन्दै स्मरण गराएका थिए । तर गौतम बोलेनन् । शून्य समयमा पाएको एक मिनेटमा गौतम नबोलेपछि सभामुखले अर्का सांसदलाई बोल्न पालो दिए ।