Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

साउन महिनामा निक्षेपको ब्याजदर थप घट्यो, कुन बैंकको कति ?(सूचीसहित)


साउन महिनामा निक्षेपको ब्याजदर थप घट्यो, कुन बैंकको कति ?(सूचीसहित)

काठमाडौं । वाणिज्य बैंकहरूले साउन महिनाका लागि निक्षेपको ब्याजदर थप घटाएका छन् । सञ्चालनमा रहेका २० मध्ये दुई बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएका छन् भने १३ ले घटाएका छन् । बाँकी ५ बैंकको ब्याजदर स्थिर छ । असारमा बैंकहरुले व्यक्तिगत मुद्दतीमा दिएको औसत ब्याजदर ६.९० प्रतिशत रहेकोमा साउनमा घटेर ६.७३ प्रतिशतमा झरेको छ । सार्वजनिक सूचनामार्फत बैंकहरूले ब्याजदरसम्बन्धी जानकारी गराएका हुन् । निक्षेपको ब्याजदर घट्दा आधार दर घटेर कर्जाको ब्याजदरमा ऋणीलाई राहत हुने छ ।

असारको तुलनामा साउनमा कृषि विकास बैंक र एभरेष्ट बैंकले ब्याजदर केही बढाएका छन् । त्यस्तै नेपाल एसबीआई, लक्ष्मी सनराइज, नबिल, नेपाल इन्भेस्टमेन्ट मेगा र स्टान्डर्ड चार्टर्डले स्थिर राखेका छन् । व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा धेरै ब्याजदर जम्मा ७.५३ प्रतिशत कायम भएको छ । जुन एनएमबी र एनआईसी एसिया बैंकको छ ।

राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबीच अन्तर बढीमा ५ प्रतिशतभन्दा हुन नहुने व्यवस्था गरेको छ । यस्तै कल निक्षेपमा बचतको न्यूनतम ब्याजदरको ५० प्रतिशत मात्रै ब्याज दिन पाइने व्यवस्था छ । संस्थागत मुद्दती निक्षेपमा व्यक्तिगत मुद्दती निक्षेपभन्दा कम्तीमा १ प्रतिशत बिन्दुले ब्याजदर कम गर्नुपर्छ ।

बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएपछि मात्रै बचत र कल निक्षेपको ब्याजदर घटाउन सक्छन् । राष्ट्र बैंकले बैंकहरूलाई ब्याजदरमा उतारचढाव कम गर्न भन्दै ब्याजदर निर्धारण गर्ने आधारका रूपमा सोही वर्गका बैंकले अघिल्लो महिनाको अधिकतम ब्याजदरको औसत निकालेर त्यसको १० प्रतिशत मात्रै तलमाथि गर्न सक्ने व्यवस्था छ ।

 

व्यक्तिगत मुद्दतीमा बैंकहरूको ब्याजदर 

बैंक असारको ब्याजदर साउनको ब्याजदर
कृषि विकास ५.६६ ६.२९
एभरेष्ट ५.७५ ६.३
राष्ट्रिय वाणिज्य ६.२२ ६.२१
एसबीआई ६.३ ६.३
लक्ष्मी सनराइज ६.५ ६.५
ग्लोबल आईएमई ६.५ ६.२५
कुमारी ६.७६ ६.७१
प्राइम कमर्सियल ६.७५ ६.५
नेपाल ६.७५ ६.२५
सानिमा ६.८ ६.४
सिटिजन्स ६.९ ६.७५
नबिल
इन्भेस्टमेन्ट मेगा
सिद्धार्थ ६.७५
स्टान्डर्ड चार्टर्ड
माछापुच्छ«े ७.५
प्रभु ७.६९
एनएमबी ७.६९ ७.५३
एनआईसी एसिया ८.२५ ७.५३
हिमालयन ८.२५ ७.५