एजेन्सी । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय विदेशमन्त्री एस जयशंकर बीच भेटवार्ता भएको छ । भेटमा नेपाल–भारत सम्बन्धलाई थप प्रगाढ बनाउने र द्विपक्षीय सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल भएको हो । राणा र जयशंकरबीच सोमबार दिउँसो हैदरावाद हाउसमा भेट भएको हो ।
साथै, बैंठकपछि एक्समा लेख्दै परराष्ट्रमन्त्री राणाले जयशंकरसँगको भेटवार्ता फलदायी रहेको बताइन् । उनले उक्त भेटवार्तामा द्विपक्षीय हित, नेपाल–भारत सम्बन्धका विभिन्न पक्ष र आपसी सहयोग आदान–प्रदानका विषयमा छलफल भएको उल्लेख गरेकी छन् । भेटवार्तापछि एक्समा जयशंकरले राणाको पहिले औपचारिक विदेश भ्रमणमा स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गरेका छन् ।