काठमाडौँ । सहकारी बचतकर्ताको बचत रकम अपचलनसम्बन्धीमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले दुई सहकारीका सञ्चालकसँग छलफल गर्ने भएको छ । कास्कीको पोखरास्थित जेलमा रहेका सूर्य दर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल र स्वर्णलक्ष्मी सहकारीका सञ्चालक विश्वेश्वर अर्यालसँगको बयान लिइ रहेको छ । बिहान ८ बजेदेखि बैठक जारी छ । समितिले अहिलेसम्म जेलमा रहेकासहित सहकारीको रकम अपचलन मुद्दामा जोडिएका १७ जनाको बयान लिइसकेको छ । अब यो प्रकरणमा जोडिएका थप ३० जनासँग बयान लिने समितिले बताएको छ ।
संसदीय छानबिन विशेष समितिः सूर्य दर्शन र स्वर्णलक्ष्मी सहकारीका सञ्चालक सँग छलफलमा