Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

स्वास्थ्य बिमा कम्तीमा ५ लाख पुर्‍याउने स्वास्थ्यमन्त्री पौडेलको घोषणा


स्वास्थ्य बिमा कम्तीमा ५ लाख पुर्‍याउने स्वास्थ्यमन्त्री पौडेलको घोषणा

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमाको दायरा कम्तीमा ५ लाख रुपैयाँ बराबरको बनाउने घोषणा गरेका छन् । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत् कार्ययोजना सार्वजनिक गर्दै मन्त्री पौडेलले हाल एक लाख रुपैयाँ मात्रै रहेको स्वास्थ्य बिमाको दायरालाई बढाएर पाँच लाख रुपैयाँको बनाउने घोषणा गरेका हुन् । बिमाको झन्झटिलो प्रक्रियालाई समेत सहज बनाउने योजना सुनाए । मन्त्री पौडेलले समायोजनमा समस्या परेका स्वास्थ्यकर्मीको पदस्थापन गर्ने व्यवस्था गर्ने मन्त्रालयको योजना छ ।

उनले १०० बेड भन्दा माथिका सरकारी अस्पतालहरुमा नर्सिङ र ३०० बेडभन्दा माथिका सरकारी अस्पतालहरुमा स्नातक र स्नातकोत्तर तहका विषयहरु अध्ययन अध्यापन गराउने निर्णय कार्यान्वयन गरिने बताएका छन् । त्यस्तै, संघीय अस्पतालको सेवा विस्तार एवम् अस्पतालहरुमा शल्यक्रिया क्षमता विस्तार गरी शल्य चिकित्सा सेवामा हुने लामो क्यू घटाउनका लागि अपरेसन थिएटरमा पूर्वाधार थप गर्ने योजना बनाएको उनले बताए ।