Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

शेयर बजारमा जाने बैंक तथा वित्तीय संस्थाको कर्जा ५ प्रतिशतबढीले घट्यो


शेयर बजारमा जाने बैंक तथा वित्तीय संस्थाको कर्जा ५ प्रतिशतबढीले घट्यो

काठमाडौं । गत आर्थिक वर्षमा शेयर बजारमा जाने बैंक तथा वित्तीय संस्थाको कर्जा ५ प्रतिशतभन्दा धेरैले घटेको छ । शेयर बजार ओरालो लाग्दा शेयर बजारमा जाने कर्जा पनि घट्दै गएको   हो । नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार गत असार मशान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले शेयर धितो कर्जामा ७६ अर्ब ३० करोड रुपैयाँ लगानी गरेका छन्। अघिल्लो आर्थिक वर्षको असर मशान्तसम्ममा यस्तो कर्जा ८० अर्ब ५० करोड रुपैयाँ रहेको थियो ।

सामान्यतया शेयर बजार बढ्दा लगानीकर्ताले पनि शेयर बजारमा लगानी बढाउने गर्छन । यसले गर्दा कारोबार रकम पनि बढ्छ । शेयर बजारमा आउने पैसाको एउटा मुख्य स्रोत बैंकको कर्जा पनि हो । गत आर्थिक वर्षमा शेयर बजार १८०० देखि २२०० विन्दुमा धेरै पटक तलमाथि गर्यो। तर बजारले अपट्रेण्ड भने समाउन सकेन । केन्द्रिय बैंक शेयरबजार प्रति लचक नहुनु र सरकारले पनि शेयर बजारलाई प्राथमिकतामा राखेर नीति नल्याउदा शेयर बजारले गति समाउन सकेन।

जसले गर्दा लगानीकर्ताले पनि बैंकबाट कर्जा लिएर शेयर बजारमा लगानी गर्न चाहेनन् । गत आर्थिक वर्षमा केन्द्रिय बैंकले शेयर धितो कर्जामा गरेको कडाइले उक्त कर्जा अहिले निरन्तर घट्दो क्रममा छ । राष्ट्र बैंकले २५ लाख रुपैयाँ भन्दा बढीको कर्जामा जोखिम भार १५० प्रतिशत कायम गरेको थियो। तर चालु आर्थिक वर्षको मौद्रिक नीतिबाट ५० लाखसम्मको कर्जामा जोखिम भार १ सय प्रतिशत मात्रै कायम गरेको छ ।