काठमाडौं । यातायात व्यवसायी आन्दोलित बन्दा गण्डकी प्रदेशमा आजदेखि सार्वजनिक यातायात ठप्प भएका छन् । राइड सेयरिङको विरोध गर्दै यातायात व्यवसायी आन्दोलित भएका हुन् । ३ दिनअघि सरकारलाई ध्यानाकर्षण गराउँदै शनिबार रातिसम्मको अल्टिमेटम दिएका थिए । आफ्ना माग सुनुवाइ नभएको भन्दै व्यवसायीले आफ्ना गाडीहरू घर र ग्यारेजमा थन्क्याएको यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।
राइड सेयरिङको विरोधमा गण्डकीका यातायात व्यवसायी आन्दोलित