काठमाडौं । लगातार पानी परेका कारण नारायणगढ-मुग्लिन सडकमा बिहानैदेखि खसेको छ।
बुधबार मध्याह्नतिर चितवनको इच्छाकामना गाउँपालिका-६, जलबिरेमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले बताए। पहिरोले सडक अवरुद्ध भएको छ।
सडकको केही मिटर माथिबाट आएको पहिरोका कारण यातायात आवागमन ठप्प भएको रिजालले बताए। सडक अवरुद्ध हुँदा काठमाडौं आउने र जाने सवारीसाधन रोकिएका छन्।
पहिरो पन्छाउने टोली खटिएको भए पनि पानी परिरहेकाले समस्या भएको छ। तैपनि पहिरो पन्छाएर सडक सुचारु गर्ने प्रयास भइरहेको उनले बताए।
वर्षा हुने बित्तिकै नारायणगढ-मुग्लिन सडकमा पहिरो जाने गरेको छ। जसले गर्दा त्यस क्षेत्र भएर आवतजावत गर्ने यात्रुले सास्ती खेप्नुपर्छ।