काठमाडौं, भदौ ७ । सेयर बजार बिहीबार भने ३१.५२ अंक घटेको छ । सो अंकको गिरावटपछि परिसूचक नेप्से २०१३ अंकमा कायम भएको छ । बुधबार २९ र मंगलबार १७ अंकले नेप्से बढेको थियो । कुल १ अर्ब ५५ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको छ । कारोबार रकम हिजोको तुलनामा ४ करोड बढी हो । १७ कम्पनीको मूल्य बढ्दा २०६ को घट्यो भने ४ को स्थिर रहृयो ।
जसमध्य बैंकिङ ११, विकास बैंक ८६, फाइनान्स ५१, होटल तथा पर्यटन १०१, जलविद्युत् ५३, जीवन बीमा २४२, उत्पादन ६६, माइक्रोफाइनान्स ५६, निर्जीवन बीमा २४३, अन्य १६ र व्यापार उपसमूह ४३ अंक घटे । कुथेली बुकरी स्मल हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो भने मकर जितुमायाको ६ प्रतिशत बढ्यो ।
मोलुङ हाइड्रो र समता लघुवित्तको मूल्य ८ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा सोल्टी होटल, घोराही सिमेन्ट, शिवम् सिमेन्ट, एनआईसी एसिया बैंक र आईएमई लाइफ इन्स्योरेन्स क्रमशः अगाडि रहेका छन् ।