Monday, November 25, 2024

२०८१ मंसिर १०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सम्पन्न आयोजनाको रकम भूक्तानीकालागि सहयोग गरिदिन निर्माण व्यवसायीद्धारा अर्थमन्त्री पौडेललाई आग्रह


सम्पन्न आयोजनाको रकम भूक्तानीकालागि सहयोग गरिदिन निर्माण व्यवसायीद्धारा अर्थमन्त्री पौडेललाई आग्रह

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारीले अर्थमन्त्रीलाई भेटि आफ्नो भूक्तानी फिर्ता गरिदिन आग्रह गरेका छन् । आयोजना सम्पन्न भएको लामो समय हुदा पनि सरकारी कार्यालयबाट रकम प्राप्त नहुदा समस्या भएको गुनासो गरे । भेटमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विभिन्न सरकारी निकायबाट निर्माण व्यवसायीलाई भुक्तानी हुनुपर्ने रकम यकिन भइरहेको र चाँडै भुक्तानी प्रक्रिया अघि बढ्ने बताएका थिए ।

मन्त्री पौडेलले सम्पन्न भएको कामको भुक्तानी नरोक्न विषयगत मन्त्रालयका सचिवलाई निर्देशन दिइसकेको बताए । पूर्वाधार निर्माणको गुणस्तर कायम गर्दै तोकिएको समय र लागतभित्र काम सम्पन्न गर्न पनि अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीलाई आग्रह गरे । निर्माण व्यवसायीले प्रदेश र स्थानीय तहसमेतबाट गरेर करिब रु ६० अर्ब बराबर भुक्तानी पाउन बाँकी रहेको दावी गर्दै आएका छन् ।