Saturday, September 20, 2025

२०८२ आश्विन ४, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एनसेलद्धारा देशभर निःशुल्क डेटा उपलब्ध


एनसेलद्धारा देशभर निःशुल्क डेटा उपलब्ध

काठमाडौँ। एनसेलले आज देशभर निःशुल्क डेटा उपलब्ध गराएको छ। एनसेलले देशभर भारी वर्षाका कारण बाढी र पहिरोले समस्या भएकाले निःशुल्क डेटा उपलब्ध गराएको हो। यस्तो विपद्को समयमा आफ्नो परिवार तथा आफन्तजनसँग सम्पर्कमा रहिरहन अरु सामान्य अवस्थामा भन्दा सञ्चार सेवाको आवश्यकता अझै झन् बढी हुने हुँदा यस्तो व्यवस्था गरेको एनसेलले जनाएको छ। निःशुल्क डेटा उपलब्ध गराउनुका साथै, कम्पनीले हालको अवस्थाको मूल्यांकन गरिरहेको र क्षतिको विस्तृत जानकारी प्राप्त गरेपछि राहतका कार्यमा थप योगदान गर्ने समेत जनाएको छ।