Tuesday, June 03, 2025

२०८२ जेष्ठ २१, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

आपूर्तिमन्त्री दामोदर भण्डारी भारतको नयाँदिल्ली प्रस्थान


आपूर्तिमन्त्री दामोदर भण्डारी भारतको नयाँदिल्ली प्रस्थान

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयको आयोजनामा सोमबार र मंगलबार आयोजना हुने औपचारिक कार्यक्रमका लागि उनी भारत प्रस्थान गरेका हुन् । सम्मेलनमा सरकार–उद्योग साझेदारीलगायत विषयमा छलफल हुने जनाइएको छ । भारतका वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयलको औपचारिक निमन्त्रणमा मन्त्री भण्डारी नयाँदिल्ली प्रस्थान गरेका हुन् ।

शिखर सम्मेलनमा भारतसहित नेपाल, अल्जेरिया, बहराइन, भूटान, इजराइल, इटाली, साउथ अफ्रिका, कम्बोडिया, म्यानमार, कतार, सेनेगललगायत राष्ट्रका उद्योग तथा वाणिज्य र वित्तमन्त्रीहरुको सहभागिता रहने मन्त्री भण्डारीका स्वकीयसचिव आनन्द भट्टले जानकारी दिए ।