Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

स्वास्थ्य मन्त्रालयद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण


स्वास्थ्य मन्त्रालयद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्य मन्त्रालयले सङ्घीय तथा प्रादेशिक अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तर गरेको छ । स्वास्थ्य सेवा विभागले आज ‘सङ्घीय तथा प्रादेशिक अस्पताललाई स्वास्थ्यजन्य उपकरण हन्तान्तरण गरेको हो । स्वास्थ्य सचिव डा पोखरेलले अस्पतालको मागअनुसार स्वास्थ्य उपकरण प्रदान गरिएको बताए ।

अस्पतालले नागरिकमैत्री सेवा प्रवाह गर्दै उपकरणको सहीतरिकाले प्रयोग गर्नुपर्ने उनले बताए । उनले स्वास्थ्य सामग्री खरिद प्रक्रिया जटिल रहेकाले प्राप्त उपकरणको संरक्षण पनि अस्पतालले गर्नुपर्नेमा जोड दिए । विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा श्रवणकुमार थापाले सङ्घ, प्रदेशका ४२ अस्पताललाई स्वास्थ्य उपकरण वितरण गरिएको जानकारी दिए ।

काठमाडौँका वीर, त्रिवि शिक्षण, कान्ति बाल, निजामति कर्मचारी र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका साथै भेरी प्रादेशिक अस्पताल, भरतपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । थापाका अनुसार अल्ट्रासाउण्ड, हेमोटा, एक्सरे, इको, इसिजी, इन्डिोस्कोपी, मेमोग्राफी मेसिन, हेमाटोलोजी एनालाइजर, अटोमेटिक युरिन एनालाइजरलगायत स्वास्थ्य सामग्री वितरण गरिएको हो । अस्पताललाई उपलब्ध गराइएको उपकरण आपूर्तिकर्ताले मर्मत गर्ने समझदारी भएको उनको भनाई ।