Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सन नेपाल लाइफ इन्स्योरेन्सको आइपिओ नेप्सेमा सूचीकृत


सन नेपाल लाइफ इन्स्योरेन्सको आइपिओ नेप्सेमा सूचीकृत

काठमाडौं, असोज २। सन नेपाल लाइफ इन्स्योरेन्सको आइपिओ नेपाल स्टक एक्सचेञ्ज नेप्से मा सूचीकृत भएको छ।कम्पनीको कुल ३ करोड २० लाख कित्ता आइपिओ नेप्सेमा सूचीकृत भएको हो। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, कर्मचारीसहित सर्वसाधारणका लागि बिक्री गरेको ९६ लाख कित्ता र संस्थापक सेयरधनीहरूले लगानी गरेको २ करोड २४ लाख कित्ता सेयर गरी उक्त परिमाणको सेयर नेप्सेमा सूचीकृत गराएको हो।

कम्पनीले पहिलो कारोबारको लागि १५८ रुपैयाँ ४१ पैसादेखि ४७५ रुपैयाँ २३ पैसाको मूल्य रेञ्ज पाएको छ। यही मूल्य रेञ्जलाई आधार मानेर बिहीबारदेखि दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ। नेप्सेले कम्पनीहरूलाई पहिलो कारोबारको लागि उनीहरूको नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज दिने गर्छ। कम्पनीको कारोबारको लागि संकेत एसएनएलआई रहेको छ।