Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पेट्रोलको मूल्य ४ रुपैयाँ र डिजेल-मट्टितेलको ३ रुपैयाँले बढ्यो


पेट्रोलको मूल्य ४ रुपैयाँ र डिजेल-मट्टितेलको ३ रुपैयाँले बढ्यो

काठमाडौँ — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएको भन्दै निगम सञ्चालन समितिको सोमबारको बैठकले नेपाली बजारमा पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको   हो । जसअनुसार अब पेट्रोलमा प्रति लिटर ४ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्यवृद्धि भएको छ । बढेको मुल्य मंगलबारदेखि लागू हुनेछ । निगमका अनुसार मूल्य वृद्धि भएपछि काठमाडौंमा अब पेट्रोलको मूल्य प्रति लिटर १७१ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १६० रुपैयाँ पुगेको छ ।