Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कीर्तिपुरस्थित सिद्धार्थ बैंक शाखाका कारण एक कम्पनीले गुमायो लाखौं रकम


कीर्तिपुरस्थित सिद्धार्थ बैंक शाखाका कारण एक कम्पनीले गुमायो लाखौं रकम

काठमाडौं । सिद्धार्थ बैंक कीर्तिपुर शाखाको लापरवाहिका कारण एक निर्माण कम्पनीले लाखौं रुपैयाँ गुमाउनु परेको छ । बैंक खाता कालोसूचीमा परेको कम्पनीले सम्बन्धीत कम्पनीसँग आफ्नो हरहिसाव मिलानगरि बैंकलाई १० दिनअघि नै पत्र पठाएपनि बैंकको लापरवाहिका कारण लाखौंको नोक्सानी बेहोर्नु परेको हो ।

I. L & C.S Heavy Equipments Pvt.Ltd.ले आफ्नो हरहिसाव मिलान भएको भन्दै सो कम्पनीको कालोसूची हटाउन गत महिनाको २६ गते बैंकलाई पत्र पठाएको थियो । कम्पनीले पत्रमा आफुहरुसँग भएको कारोबार मिलान भएकाले कालोसूचीमा राख्ने प्रक्रिया तत्काल रद्ध गर्न आग्रह गर्दै पत्र पठाएको थियो । तर, कीर्तिपुरमा रहेको सो बैंकको शाखाले प्रक्रियामा ढिलाई गरिदिँदा सो कम्पनीले ठेक्काबाट प्राप्त गर्नुपर्ने लाखौं रुपैयाँ गुमाउनुपरेको कम्पनीले बताए ।


कम्पनीका एक सञ्चालकले भने, ‘हामीले बैंकमा बारम्बार जानकारी गराएको भएता पनि सो विषयको कार्यान्वनमा ढिलाइ गरियो’ । प्रक्रिया सबै पूरा गरेपनि शाखा प्रमुख श्रेष्ठले कागजात नमिलेको भन्दै पछ्याउँदै गरेको सञ्चालकले बताए । त्यस्तै, आफूले सो बैंकमा कारोबार नगरेको लगायत विभिन्न कारण देखाउँदै बैंकले आफूसँग रिसिइबि पोखेको पनि हुुन सक्ने सञ्चालकको दावी छ । उनले बैंकले प्रक्रिया पूरा गरिसकेको भए २४ घण्टाभित्र कालो सूचीबाट हटाउनुपर्ने यदि नहटाए राष्ट्र बैंकमा जाने चेतावनी समेत दिएका छन् ।

यस विषयमा कीर्तिपुर शाखा प्रमुख सरिना श्रेष्ठसँग हामीले बुझ्दा प्राविधिक कारण ढिलाई भएको बताईन् । अहिले बैंकले प्रक्रिया अघि बढाएपनि सो कम्पनीले लाखौं रुपैयाँ गुमाईसकेको सो कम्पनीको गुनासो छ । कालोसूचीबाट हटाउने कार्य बढीमा तीन दिन लाग्न सक्ने र, प्रक्रियामा जाँदा वा बैंकले आवश्यक ठानेमा तत्काल हटाउन सहयोग गर्ने बैंकका एक पूर्व कर्मचारीले बताए । तर, बैंकले समयमै प्रक्रिया अघि नबढाउदा थप समस्या सिर्जना भएको छ ।