Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

छानबिन समितिले भन्योः रास्वपा सभापति रवि लामिछाने सहकारीको वचत रकम अपचलनमा संलग्न छन् !


छानबिन समितिले भन्योः रास्वपा सभापति रवि लामिछाने सहकारीको वचत रकम अपचलनमा संलग्न छन् !

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग छानबिन गर्न गठित संसदीय विशेष समितिले सांसद पुर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारीको वचत रकम अपचलनमा संलग्न रहेको ठहर गरेको छ । समितिका सभापति सूर्य थापाले सोमबार सभामुख देवराज घिमिरेसमक्ष पेश गरेको प्रतिवेदनको सुझाव तथा सिफारिस खण्डमा सहकारीको रकम अपचलनमा लामिछानेको भूमिका देखिएको उल्लेख छ ।

प्रतिवेदनमा लेखिएको छ,‘सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानून बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने ।’ संसदीय समितिको सोधपुछमा लामिछानेले आफू निर्दोष रहेको दावी गरेका थिए । सोमबार समितिले प्रतिवेदन बुझाउने क्रममा लामिछानेमाथि कानुनी कारबाहीको सिफारिस नै गर्न पुगेको छ, जसका कारण उनीमाथि गम्भीर कानुनी, नैतिक संकट देखिएको छ ।