Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋण अनुदानमा परिणत गर्न चिनियाँ पक्षलाई पत्राचार

सरकार वैदेशिक ऋण तिर्न नसक्ने अबस्थामा पुगेको हो ?


पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋण अनुदानमा परिणत गर्न चिनियाँ पक्षलाई पत्राचार

काठमाडौँ । देशमा आर्थिक तरलता बढ्दै जादा सरकारले विभिन्न देशसँग लिएको ऋणलाई अनुदानमा परिणत गर्ने तयारी अघि बढाएको छ । बढ्दो आर्थिक तरलताकाबीच सरकारले ऋणलाई अनुदानमा परिणत गर्ने प्रक्रिया अघि बढाएको हो । त्यसकालागि सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा परिणत गर्न चिनियाँ पक्षलाई आग्रह समेत गरेको छ ।

अर्थ मन्त्रालयले ऋणलाई अनुदानमा परिणत गर्न आग्रह गर्दै चिनियाँ पक्षलाई पत्र लेखेको हो । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले सो पत्र चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेईकुनलाई हस्तान्तरण गरेको विज्ञप्तीमा उल्लेख छ ।

पत्र हस्तान्तरण गर्नु अघि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चीन नेपालको असल छिमेकी भएको र नेपालको अर्थतन्त्रको अवस्थालाई विशेष ध्यान दिँदै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा बदल्न चिनियाँ पक्षलाई आग्रह गरेका थिए । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि नेपाल सरकारले चीनको एक्जिम बैंकबाट करिब हालको विनिमय दर अनुसार करिब २५ अर्ब ८८ करोड रुपैयाँ १३३८.७४ मिलियन चिनियाँ युआन ऋण लिने सम्झौता गरेको थियो ।