Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

सहकारीका सञ्चाललाई थुनेर बचत फिर्ता मन्त्री गिरी, सहकारीबाट ऋण लिएर नतिर्ने परिपाटी बढ्यो


सहकारीका सञ्चाललाई थुनेर बचत फिर्ता मन्त्री गिरी, सहकारीबाट ऋण लिएर नतिर्ने परिपाटी बढ्यो

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सहकारीका सञ्चाललाई थुनेर बचत फिर्ता हुन नसक्ने बताएका छन्। काठमाडौंमा सुरुभएको राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको प्रथम सहकारी डिजिटल कन्क्लेभमा बोल्दै मन्त्री गिरीले सहकारीका सञ्चालकहरूलाई गलत गर्दा थुनी हाल्ने हो भने बचत र्फिता कसले दिन्छ ? भन्दै प्रतिप्रश्न गरे ।

उनले सम्भव भएसम्म उनीहरूलाई बचत फिर्ता गराउन प्रयोग गर्न सक्नुपर्ने उनको भनाई छ । जमानतमा छाडेर भए पनि विकल्प खोज्नुपर्छ। राज्यले समयमा नियमन नगरेर बिग्रेपछि सुधार गर्न समय लाग्ने उनको भनाई थियो । मन्त्री गिरीले सहकारीबाट ऋण लिएर नतिर्ने परिपाटी बढेको बताए ।

‘सहकारीबाट ऋण लाने मान्छे प्राडो कार चढेर हिँड्छ। कार चलाएर सहरमा हिँड्छ । ऋण दिने मानिस जेल गएर बसेको छ। जसले ऋण दियो ऊ जेलमा छ । जसले ऋण लगेको थियो, उसले ऋण तिर्नुपर्दैन। कार चलाएर हिँड्छ।

विधि पद्धति, सहकारीका मूल्यमान्यता र सिद्धान्तभन्दा बाहिर गएर ऋण प्रवाह गर्नेलाई कानुन बमोजिम कारबाही हुने उनको भनाई थियो । ऋण नतिर्ने सहकारीका ऋणीहरूलाई बैंकले पनि कारबाही गर्नुपर्ने बताए । सहकारीमा पारदर्शिता र विश्वसनीयता कायम गर्न प्रविधिको प्रयोग अनिवार्य रहेको मन्त्री गिरीको भनाई थियो ।